म्यूजिक भिडियोमा पूर्वप्रधानान्यायाधीशदेखि उद्योगपति चौधरीसम्मको अभिनय « Khabarhub

म्यूजिक भिडियोमा पूर्वप्रधानान्यायाधीशदेखि उद्योगपति चौधरीसम्मको अभिनय


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- संघीय संरचनाबाट टुक्रिएको नवलपरासी जिल्लाको पूर्व र पश्चिमको पहिचान झल्किने गरी तयार गरिएको म्युजिक भिडियोमा पूर्व प्रधानान्यायाधीस गोपाल पराजुलीदेखि उद्योगपति गिर्वाण चौधरीसमेतले अभिनय गरेका छन् ।

नवलपरासीका २६ जना गायक गायिकाको श्वरमा रहेको ‘हाम्रो नवलपरासी’ गीतमा धार्मिक पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ । गीतमा नवलपरासी घर भएका पुराना गायक तेजबहादुर केसी, कृष्णसुधा ढुंगाना, प्रचण्डलाल बुढादेखि पछिल्लो पुस्ताका चर्चित गायक गायिकाहरु हेमन्त शर्मा, इन्दीरा जोशी, सिन्धु जलेसा, रमेशराज भट्टराई लगायतले श्वर दिएका छन् ।

बुधबार मात्रै सार्वजनिक गरिएको यो म्यूजिक भिडियोमा अभिनेता राजेश हमाल, टीका पहाडीका साथै जिल्लाका चिरपरिचित हस्तीहरुले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोमा अधिवक्ता सपना प्रधान मल्ल, पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलाडी विमल घर्तीमगर, चलचित्र निर्देशक आकाश अधिकारीले अभिनय गरेका छन् ।

राजेश कुमारको शब्द संगीतमा तयार पारिएको म्यूजिक भिडियोमा जिल्लाभित्रका व्यक्तित्वहरूका साथै त्यहाँका पर्यटकीय, धार्मिकस्थलहरुलाई म्यूजिक भिडियोमा दृश्यांकन गरिएको छ । साथै स्थानीय धर्म, कला र संस्कृतिलाई समेत गीतका माध्यमबाट देखाउन खोजिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गीत तयार गरिएको गीत तथा संगीतकार श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १ : ४५ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले