म्यूजिक भिडियोमा पूर्वप्रधानान्यायाधीशदेखि उद्योगपति चौधरीसम्मको अभिनय « Khabarhub

म्यूजिक भिडियोमा पूर्वप्रधानान्यायाधीशदेखि उद्योगपति चौधरीसम्मको अभिनय


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- संघीय संरचनाबाट टुक्रिएको नवलपरासी जिल्लाको पूर्व र पश्चिमको पहिचान झल्किने गरी तयार गरिएको म्युजिक भिडियोमा पूर्व प्रधानान्यायाधीस गोपाल पराजुलीदेखि उद्योगपति गिर्वाण चौधरीसमेतले अभिनय गरेका छन् ।

नवलपरासीका २६ जना गायक गायिकाको श्वरमा रहेको ‘हाम्रो नवलपरासी’ गीतमा धार्मिक पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ । गीतमा नवलपरासी घर भएका पुराना गायक तेजबहादुर केसी, कृष्णसुधा ढुंगाना, प्रचण्डलाल बुढादेखि पछिल्लो पुस्ताका चर्चित गायक गायिकाहरु हेमन्त शर्मा, इन्दीरा जोशी, सिन्धु जलेसा, रमेशराज भट्टराई लगायतले श्वर दिएका छन् ।

बुधबार मात्रै सार्वजनिक गरिएको यो म्यूजिक भिडियोमा अभिनेता राजेश हमाल, टीका पहाडीका साथै जिल्लाका चिरपरिचित हस्तीहरुले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोमा अधिवक्ता सपना प्रधान मल्ल, पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलाडी विमल घर्तीमगर, चलचित्र निर्देशक आकाश अधिकारीले अभिनय गरेका छन् ।

राजेश कुमारको शब्द संगीतमा तयार पारिएको म्यूजिक भिडियोमा जिल्लाभित्रका व्यक्तित्वहरूका साथै त्यहाँका पर्यटकीय, धार्मिकस्थलहरुलाई म्यूजिक भिडियोमा दृश्यांकन गरिएको छ । साथै स्थानीय धर्म, कला र संस्कृतिलाई समेत गीतका माध्यमबाट देखाउन खोजिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गीत तयार गरिएको गीत तथा संगीतकार श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १ : ४५ बजे

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड बनाएको

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै