स्वारेज एट्लेटिकोमा आवद्ध « Khabarhub

स्वारेज एट्लेटिकोमा आवद्ध


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बार्सिलोनाले आफ्ना स्टाइकर लुइस स्वारेजलाई ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिडमा पठाएको छ ।

एटलेटिकोले स्वारेजलाई फ्रि ट्रान्सफरमार्फत् लिएको बताएको छ । त्यसमा पनि विभिन्न प्रक्रिया गरी ६ मिलियन युरो खर्च भएको बताएको छ ।

स्वारेज बार्सिलोनामा आफ्ना् सम्झौताको अन्तिम वर्ष अर्को क्लब जान सहमत भएका हुन् । यसअघि उनी इटालीयन क्लब युभेन्ट्स जाने हल्ला चलेको थियो ।
उनले स्पेनमै रहने बताएपछि एट्लेटिको गएका हुन् ।

स्वारेजले एट्लेटिकोबाट करबाहेक वार्षिक ९ मिलियन युरो पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।

६ वर्ष लामो समय बार्सिलोनामा बिताएका उनले २०३ खेलमा १९८ गोल गरेका थिए । प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना पुगेपछि स्वारेजले ४ पटक ला लिगाको उपाधि, एक पटक च्याम्पियन्स लिग उपाधि, ४ पटक कोपा डेल रे उपाधि, दुई पटक सुपर कोपा डे स्पाना उपाधि, एक क्लब विश्वकप उपाधिसहित मार्का पत्रिकाले दिने पीचीची ट्रफी जितेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  २ : ४१ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट