आईपीएलमा आज बैङ्लोर र पञ्जाव भिड्दै « Khabarhub

आईपीएलमा आज बैङ्लोर र पञ्जाव भिड्दै


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ ।

नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ ।

यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्लेर आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको पञ्जााव बैङ्लोरविरुद्ध जितको हात पार्ने योजनामा छ ।

पञ्जावको कप्तानी केएल राहुलले गरिरहेका छन् भने बैङ्लोरको कप्तानी भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले गरिरहेका छन् ।

यी दुई टीमबीच खेलको नतिजा हेर्दा बैंगलोर बलियो देखिएको छ । गत सिजनको दुई भेटमा समेत बैंगलोरले बाजी मारेको थियो ।

गत संस्करणमा भएको पहिलो भेटमा बैंगलोरले ८ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा बैंगलोरले १७ रनको जित निकालेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  २ : ५२ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर