सिमसिमे झरीमा दरबार स्क्वायरको रौनक (फोटो फिचर) | Khabarhub Khabarhub

सिमसिमे झरीमा दरबार स्क्वायरको रौनक (फोटो फिचर)



काठमाडौं – मंगलबार रातिदेखि झरी परेपछि काठमाडौं उपत्यकाको मौसम केही चिसिएको छ । कोरोना भाइरसको जोखिम र रातिदेखिको निरन्तरको वर्षाका बावजूद पनि बुधबार भक्तपुर दरबार क्षेत्रमा चहलपहल थियो ।

सिमसिमे झरीमा युवायुवतीहरू रमाइरहेका थिए । कोरोनाका कारण सुनसान भएको काठमाडौंमा बिस्तारै मान्छेहरूको चहलपहल बढ्न थालेको आभास हुन्थ्यो ।

दरबार स्क्वायर क्षेत्रमा घुम्न आएका युवायुवतीले आफूलाई मोबाइलमा खिचिक्क पारिरहेका थिए । कोरोनाको प्रभाव भन्नुपर्छ, यो क्षेत्रमा विदेशी पर्यटकहरू भने देखिँदैनथे ।

त्यसो त, कोरोना भाइरसको जोखिम भएपनि मान्छेहरु मास्क र ह्यान्ड सेनिटाइजरसहित पर्यटकीय स्थलमा पुगेका थिए । लामो समयको बन्दाबन्दी र भाइरसको जोखिमकै बीच पनि मान्छेहरु घरबाहिर निस्कन थालेका छन् ।

कोरोना भाइरसको जोखिमकै बीच एतिहासिक दरबार क्षेत्र घुम्न पुगेका युवा युवतीहरु मास्कसहित देखिन्थे । अर्कातिर, पानीबाट जोगिन मान्छेले ओढेका छाताले पनि दरबार क्षेत्रलाई थप सुन्दर बनाएको थियो ।

यस्तो लागिरहेको थियो, अब कोरोना महामारीपछि पुनः मानिसहरू सामान्य जीवनमा फर्किन आतुर छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ६ : ४१ बजे

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग