बुटवलको कोरोना विशेष अस्पतालमा वृद्धाको मृत्यु « Khabarhub

बुटवलको कोरोना विशेष अस्पतालमा वृद्धाको मृत्यु


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तु-११, बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

असोज ३ गते अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान उनलाई् भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।

सूचना अधिकारी गौतमका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा समस्या थियो । यससँगै अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ४३ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल