बुटवलको कोरोना विशेष अस्पतालमा वृद्धाको मृत्यु « Khabarhub

बुटवलको कोरोना विशेष अस्पतालमा वृद्धाको मृत्यु


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तु-११, बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

असोज ३ गते अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान उनलाई् भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।

सूचना अधिकारी गौतमका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा समस्या थियो । यससँगै अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ४३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना