नेपालमा लोकप्रिय बन्दै टिभिएस एनटर्क १२५ स्कुटर « Khabarhub

नेपालमा लोकप्रिय बन्दै टिभिएस एनटर्क १२५ स्कुटर


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभिएस एनटर्क १२५ स्कुटर छोटो समयमै नेपालमा लोकप्रिय बनेको छ।

जगदम्बा मोटर्सले भर्चुअल कार्यक्रम गर्दै टिभिएस एनटर्क१२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको हो।

जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले सेग्मेन्टमै सर्वाधिक फिचर र टिभिएसको नयाँ डिजाइनले एनटर्क१२५ लाई सफल बनाएको बताए। ‘यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने किसिमका छन्। यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ,’ उनले भने।

जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्टसहितको पावरफुल स्कुटर भित्र्याएको थियो। हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ। ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिसन गरी तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समूहका चालकलाई सुहाउँदो रहेको कम्पनीले जनाएको छ।

भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेष्ट कम्युटर टु ह्वीलर अवार्ड जस्ता विभिन्न अवार्ड प्राप्त गरिसकेको छ।

‘नेपालमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ,’ जगदम्बाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसमा सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ, जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेशन जस्ता कि फिचर रहेको छ।

एनटर्कको सिग्नेचर हेड ल्याम्प र टेलिथ एयरक्राफ्ट डिजाइनको टेलल्याम्पले यसलाई स्पोर्टी बनाएको छ।

एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ। यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ। यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा केहि मात्र कम हो।

भर्चुअल कार्यक्रममा टिभिएस एनटर्क१२५ का ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : ०३ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट