पूर्व क्रिकेटर तथा कमेन्टेटर ड्यान जोनसको निधन « Khabarhub

पूर्व क्रिकेटर तथा कमेन्टेटर ड्यान जोनसको निधन


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व प्रख्यात अस्ट्रलियन पूर्व क्रिकेटर तथा कमेन्टेटर ड्यान जोनसको निधन भएको छ । बिहीबार उनको ५९ वर्षको उमेरमा निधन भएको हो ।

इन्डियन प्रिमियर लिगको टेलिभिजन कमेन्ट्रीका आएका उनको मुम्बईमा निधन भएको हो ।

आफ्नो खेल जीवनमा उत्कृष्ट खेलेका उनले अस्ट्रेलियाका लागि ५२ टेस्ट खेलेका थिए । उनी सन् १९८४ देखि १९९२ सम्म अस्ट्रेलियाका लागि खेलेका थिए । जसमा उनले दुई एसेस सिरिज जितेका थिए ।

उनी सन् १९८७ मा अस्ट्रेलियाले विश्वकप जित्दा समेत टोलीमा रहेका थिए । उनले १६४ एक दिवसीय खेल खेलेका थिए ।

उनी अस्ट्रेलिया र भारतबीचको सन् १९८६ को रोमाञ्चक खेलका लागि पनि परिचित छन् । जसमा उनले २१० रन बनाएका थिए । क्रिकेटमा मात्रै नभएर उनले आफुलाई एक राम्रो क्रिकेट कमेन्टेटरका रुपमा पनि स्थापित गर्न सफल भएका थिए ।

‘ड्यान जोनस एक पुस्ताका नायक थिए । जसलाई हामी कहिलै बिर्सन सक्ने छैनौं,’ क्रिकेट अस्ट्रेलियाका अध्यक्ष अर्ल एडिङ्सले बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ५१ बजे

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा