प्रदेश १ मा ११४ सङ्क्रमित थपिए « Khabarhub

प्रदेश १ मा ११४ सङ्क्रमित थपिए


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश न १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ४७ महिला र ६४ पुरुष रहेका छन् ।

थपिएका मध्ये मोरङ ८६, सुनसरीम २१, झापा पाँच, उदयपुर र प्रदेश बाहिरका एक/एक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा सो अवधिमा ७१ जना सङक्रमित थपिएका छन् । ती मध्ये ३६ महिला र ३५ पुरुष रहेका छन् । सुनसरीको धरानमा चार महिला र नौ पुरुष, दुहवीमा एक महिला र छ पुरुष, इटहरीमा एक पुरुष, झापाको विर्तामोडमा दुई पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा एक/एक पुरुष, उदयपुर तथा प्रदेश बाहिरका एकएक पुरुषमा सङ्क्रमण भएको पुष्टि भएको छ ।

यसप्रदेशमा हालसम्ममा छ हजार ६४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये दुई हजार ६१९ जना कोरोनाबाट मुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार आज कोही पनि डिस्चार्ज भएको छैनन् । प्रदेशमा हालसम्म एक लाख १८ हजार ८१० जनाको पिसिआर परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : ११ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा