राप्रपाको विधान मस्यौदा बनाउन समिति गठन « Khabarhub

राप्रपाको विधान मस्यौदा बनाउन समिति गठन


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विधान मस्यौदा समिति बनाएको छ। निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक बसेको पार्टीका अध्यक्षहरूको बैठकले समिति गठन गरेको हो।

पार्टीका नेता निरन्जन थापाको संयोजकत्वमा गठित समितिले १५ दिनभित्र पार्टीको विधान मस्यौदा प्रतिवेदन पेश गर्नेछ। ७ सदस्यीय यो समितिमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्त्तिप्रसाद सिटौला, वरिष्ठ अधिवक्त्ता राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक सदस्य छन्।

समितिले ‘पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर’ विधान मस्यौदा प्रतिवेदन तयार पार्न अख्तियारी दिइएको केन्द्रीय सचिवालय प्रमुख ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

त्यस्तै अध्यक्षत्रयको बैठकले केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठक असोज ११ गते बजे केन्द्रीय कार्यालय चाबहिलमा बस्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : १८ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा