कोरोनाविरूद्धको रूसी खोप भारतमा पनि परीक्षण हुने « Khabarhub

कोरोनाविरूद्धको रूसी खोप भारतमा पनि परीक्षण हुने


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले बनाएको कोभिड-१९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको छ ।

भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भारतका एक सय जना स्वयंसेवकहरुमा यो खोपको परीक्षण गरिने भएको हो । उक्त खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो परीक्षण दोस्रो चरणको हुनेछ । स्पतनिक भी नामको रुसले निर्माण गरेको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र त्यसपछि तेस्रो चरणको परीक्षण गरिने बताइएको हो ।

भारतको ठूलो फर्मास्युटिकल कम्पनी डा.रेड्डीज ल्याबरेटोरिजले भारतमा सो खोपको परीक्षण गर्न पाउने गरी गत हप्तामात्र अनुमति पाएको बताइएको थियो । सोही अनुरुप तयारी भएको हो ।

तर, त्यो परीक्षणको समयको समयको बारेमा भने अहिले नै निश्चित भएको छैन । अधिकारीहरुले उक्त परीक्षण भारतमा चाँडै नै हुने बताएका छन् ।

भारतमा यहाँका एक सय जना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रो पटकको परीक्षण हुने बताइएको छ । भारतमा सो खोपको परीक्षण गर्न अनुमति पाएको डा.रेड्डीज ल्याबरेटोरिजले बताएअनुसार यहाँ अबका केही दिनमा एक सय जनामा यो दोस्रो चरणको परीक्षण गरिने छ ।

तेस्रो चरणको परीक्षण भने एक हजार ४०० जनामा गरिने पनि बताइएको छ । यसको दोस्रो चरणको परीक्षण पछि विज्ञहरुले यसको असर र प्रभावकारिताको विश्लेषण गर्नेछन् ।

त्यसपछि मात्र तेस्रो चरणको परीक्षण गरिने सो कम्पनीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ६ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया