साउदीमा कोरोना रोकथामका मापदण्ड नमाने १ हजार रियालसम्म जरिवाना « Khabarhub

साउदीमा कोरोना रोकथामका मापदण्ड नमाने १ हजार रियालसम्म जरिवाना


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबमा कोरोना रोकथाम तथा नियन्त्रणबारे लागू गरिएका मापदण्ड नमाने जोकोहीलाई १ हजार रियालसम्म जरिबान गरिने भएको छ ।

आन्तरिक मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा गर्न लागू गरिएका मापदण्ड पूरा नगरे १ हजार साउदी रियाल जरिवाना गरिने जनाएको हो । ।

जसले अनुहार मास्क लगाएको छैन । सामाजिक दूरी उपायहरू कायम राख्दैन । एक निजी वा सार्वजनिक ठाउँमा प्रवेश गर्दा तापक्रम जाँच गरेको छैन । यी प्रक्रिया पुरा नगर्ने जो कोहीलाई जरिवाना हुने मन्त्रालयले जनाएको छ । तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि भए प्रवेश पाइने छैन ।

मन्त्रालयले सुरुमा मे महिनामा यस्तो चेतावनी जारी गरेको थियो तर कोरोना भाइरसको दोस्रो चरण सुरु भएकाले त्यो रोक्नको लागि यो निर्णय फेरि जारी गर्नु पारेको जनाएको छ ।

साउदी अरबमा अहिलेसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ४४ हजार १५८ पुगेको छ ।

उपचारपछि निको हुनेको संख्या ३ लाख ३० हजार ५७८ पुगेको छ भने संक्रमणका कारण ५ हजार २ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ०२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६