साँझमा झिलिमिलि शाश्वतधाम (फोटो फिचर) « Khabarhub

साँझमा झिलिमिलि शाश्वतधाम (फोटो फिचर)



दुम्कौली (नवलपुर)– व्यापारिक घराना चौधरी ग्रुपले निर्माण गरेको पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीस्थित सिजी शाश्वत धाममा हेर्ने दर्शनार्थीको संख्या बढ्न थालेको छ ।

दर्शनार्थी बढेसँगै शाश्वत धाम पनि साँझपख झिलिमिलि देखिन्छ ।

वि.सं. २०७३ फागुन २४ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको शाश्वत धाममा खजुरावान शैलीमा बनेको बुट्टेदार एकम्बरेश्वर शिव मन्दिर रहेको छ । उक्त मन्दिरको चारैतिरबाट तालले घेरिएको छ ।

सीजी औद्योगिक पार्कभित्र सात बिघा क्षेत्रफलमा फैलिएको शाश्वत धामको इकाम्बरेश्वरा शिव मन्दिर प्रमुख आकर्षण बनेको छ । रातिको समयमा उक्त खजुरावान शैलीको एउटै मन्दिरमा फरक रंगहरु देखिन्छ । जसले सबैलाई आकर्षित गर्दछ ।

बद्री, केदार, हरिद्वार, मुक्तिनाथ र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाएर बनाइएको यो ताललाई सर्वतीर्थ सरोबर ताल नाम दिइएको छ ।

यो धाममा ४५ जनाका लागि आवासीय सुविधासहित योग तथा ध्यान केन्द्र समेत रहेको छ भने दक्षिणतर्फ आकर्षण बुद्ध मुर्ति खडा गरिएको छ ।

जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम निर्माण सम्पन्न गरिएको शाश्वत धाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको छ ।

पछिल्लो समय मन्दिरहरुको तस्वीर लिन तथा टिकटकमा रमाउनका लागि पनि युवायुवतिहरुको अत्याधिक भिड बढेको छ । मन्दिर परिसरमा सजावट गरिएका विजुलीले निकै आकर्षक देखिने भएकाले साँझपख मन्दिरमा अत्याधिक भिड बढ्ने गरेको छ ।

बेलुका ६ बजेपछि बाहिरबाट भित्र प्रवेश गर्न रोक लगाएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । त्यसअघि नै मन्दिर प्रवेश गरेकाहरुले भने अबेरसम्म नै दर्शन गर्न सक्ने ब्यवस्था गरिएको छ ।

यो धाममा विशेष पूजाआजाका लागि भने सःशुल्क ब्यवस्था गरिएको छ ।

विश्वब्यापारी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण लकडाउन गरिएपछि चैत ११ गदेखि बन्द रहेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ५५ बजे

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच