साँझमा झिलिमिलि शाश्वतधाम (फोटो फिचर) « Khabarhub

साँझमा झिलिमिलि शाश्वतधाम (फोटो फिचर)



दुम्कौली (नवलपुर)– व्यापारिक घराना चौधरी ग्रुपले निर्माण गरेको पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीस्थित सिजी शाश्वत धाममा हेर्ने दर्शनार्थीको संख्या बढ्न थालेको छ ।

दर्शनार्थी बढेसँगै शाश्वत धाम पनि साँझपख झिलिमिलि देखिन्छ ।

वि.सं. २०७३ फागुन २४ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको शाश्वत धाममा खजुरावान शैलीमा बनेको बुट्टेदार एकम्बरेश्वर शिव मन्दिर रहेको छ । उक्त मन्दिरको चारैतिरबाट तालले घेरिएको छ ।

सीजी औद्योगिक पार्कभित्र सात बिघा क्षेत्रफलमा फैलिएको शाश्वत धामको इकाम्बरेश्वरा शिव मन्दिर प्रमुख आकर्षण बनेको छ । रातिको समयमा उक्त खजुरावान शैलीको एउटै मन्दिरमा फरक रंगहरु देखिन्छ । जसले सबैलाई आकर्षित गर्दछ ।

बद्री, केदार, हरिद्वार, मुक्तिनाथ र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाएर बनाइएको यो ताललाई सर्वतीर्थ सरोबर ताल नाम दिइएको छ ।

यो धाममा ४५ जनाका लागि आवासीय सुविधासहित योग तथा ध्यान केन्द्र समेत रहेको छ भने दक्षिणतर्फ आकर्षण बुद्ध मुर्ति खडा गरिएको छ ।

जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम निर्माण सम्पन्न गरिएको शाश्वत धाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको छ ।

पछिल्लो समय मन्दिरहरुको तस्वीर लिन तथा टिकटकमा रमाउनका लागि पनि युवायुवतिहरुको अत्याधिक भिड बढेको छ । मन्दिर परिसरमा सजावट गरिएका विजुलीले निकै आकर्षक देखिने भएकाले साँझपख मन्दिरमा अत्याधिक भिड बढ्ने गरेको छ ।

बेलुका ६ बजेपछि बाहिरबाट भित्र प्रवेश गर्न रोक लगाएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । त्यसअघि नै मन्दिर प्रवेश गरेकाहरुले भने अबेरसम्म नै दर्शन गर्न सक्ने ब्यवस्था गरिएको छ ।

यो धाममा विशेष पूजाआजाका लागि भने सःशुल्क ब्यवस्था गरिएको छ ।

विश्वब्यापारी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण लकडाउन गरिएपछि चैत ११ गदेखि बन्द रहेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ५५ बजे

विराटनगरले लियो कर्णालीको पहिलो विकेट, मार्क आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

भीम रावल भन्छन् : हेलिकप्टरमा भागेका ओली भक्तपुरको कुनाबाट जनता धम्क्याउँदैछन्

काठमाडौं- नेकपा एमालेले निष्कासित गरेपछि एक वर्षसम्म मातृभूमि अभियान चलाएका

ठूल दल बन्न वैकल्पिक शक्ति र नेता फकाउँदै रास्वपा

काठमाडौं–गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका

मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले गत

एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडाैं- नेकपा (एमाले) को मंसिर २७ देखि हुने एघारौँ महाधिवेशनका