महामारीकाबीच कक्षा १२ को परीक्षा सुरू « Khabarhub

महामारीकाबीच कक्षा १२ को परीक्षा सुरू


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीकाबीच आज कक्षा १२ को परीक्षा सुरू भएको छ । संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आज सुरु भएको हो ।

४० प्रतिशत अंकका लागि लिइएको पहिलो दिनको परीक्षा ८ बजे सुरू भएर साढे ९ बजे सकिएको छ ।

बाँकी ६० प्रतिशतमध्ये कक्षा ११ उत्तीर्ण भएको आधारमा ४० प्रतिशत र २० प्रतिशत आन्तरिकरूपमा विद्यार्थीको मूल्यांकनबाट हुनेछ ।

बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दूरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सुरू गरिए जानकारी दिए ।

संक्रमित परीक्षार्थी भए उसका लागि छुट्टै परीक्षा कोठाको व्यवस्था गरिएको छ । संक्रमितको परीक्षा भने १५ मिनेट ढिलो हुने गरी प्रबन्ध मिलाइएको छ । परीक्षामा सहभागी भएकै अवस्थामा कसैमा संक्रमण पुष्टि भएमा उनीहरूका लागि भने पछि परीक्षा दिने व्यवस्था मिलाइएको उनले बताए ।

संक्रमितको परीक्षा १५ मिनेट ढिला हुँदा पनि आउजाउ र अरूसँगको जमघट नहुने विश्वास गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

परीक्षाको अनुगमन र निगरानी अनलाइनबाटै गरिएको छ । बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरेर निगरानी गरिने व्यवस्था मिलाइएको हो ।

४ लाख ३२ हजार ५ सय विद्यार्थीको भौतिक उपस्थितिमै सुरू भएको यो परीक्षा मंसिर १६ गते सकिनेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले परीक्षा केन्द्रमा आउ–जाउ गर्दा स्वास्थ्य सावधानीका सबै उपाय अवलम्बन गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ०६ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन