महामारीकाबीच कक्षा १२ को परीक्षा सुरू « Khabarhub

महामारीकाबीच कक्षा १२ को परीक्षा सुरू


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीकाबीच आज कक्षा १२ को परीक्षा सुरू भएको छ । संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आज सुरु भएको हो ।

४० प्रतिशत अंकका लागि लिइएको पहिलो दिनको परीक्षा ८ बजे सुरू भएर साढे ९ बजे सकिएको छ ।

बाँकी ६० प्रतिशतमध्ये कक्षा ११ उत्तीर्ण भएको आधारमा ४० प्रतिशत र २० प्रतिशत आन्तरिकरूपमा विद्यार्थीको मूल्यांकनबाट हुनेछ ।

बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दूरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सुरू गरिए जानकारी दिए ।

संक्रमित परीक्षार्थी भए उसका लागि छुट्टै परीक्षा कोठाको व्यवस्था गरिएको छ । संक्रमितको परीक्षा भने १५ मिनेट ढिलो हुने गरी प्रबन्ध मिलाइएको छ । परीक्षामा सहभागी भएकै अवस्थामा कसैमा संक्रमण पुष्टि भएमा उनीहरूका लागि भने पछि परीक्षा दिने व्यवस्था मिलाइएको उनले बताए ।

संक्रमितको परीक्षा १५ मिनेट ढिला हुँदा पनि आउजाउ र अरूसँगको जमघट नहुने विश्वास गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

परीक्षाको अनुगमन र निगरानी अनलाइनबाटै गरिएको छ । बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरेर निगरानी गरिने व्यवस्था मिलाइएको हो ।

४ लाख ३२ हजार ५ सय विद्यार्थीको भौतिक उपस्थितिमै सुरू भएको यो परीक्षा मंसिर १६ गते सकिनेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले परीक्षा केन्द्रमा आउ–जाउ गर्दा स्वास्थ्य सावधानीका सबै उपाय अवलम्बन गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ०६ बजे

यस्तो छ आजका फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी