२० लाखको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

२० लाखको स्वास्थ्य सामग्री सहयोग


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

भरतपुर अस्पताललाई कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीमा रु १६ लाख ३२ हजार ८५० को आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटर, छ हजार थान सर्जिकल मास्क, दुई हजार ५०० थान सर्जिकल पञ्जा, १०० थान सुरक्षा पोशाक, केएन–९५ मास्क २०० थान र ५० थान सुरक्षा चश्मा छन् ।

ती सबै सामग्रीको मूल्य रु २० लाख तीन हजार ६५७ रहेको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठकले जानकारी दिए ।

उपकोषाध्यक्ष पाठक र रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले कोभिड–१९ का बिरामीको उपचारमा सहज भएको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : १५ बजे

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी