युट्युबमा नेपाली फिल्म हेर्ने दर्शक बढेका हुन् ? « Khabarhub

युट्युबमा नेपाली फिल्म हेर्ने दर्शक बढेका हुन् ?


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युट्युबमा नेपाली फिल्महरु हेर्ने दर्शकको संख्या पातलो थियो । चर्चित अभिनेताका फिल्मबाहेक अरु फिल्मलाई ट्रेन्डिङमा उक्लिन पनि गाह्रो हुन्थ्यो ।

गत चैतदेखि कोरोना भाइरस महामारीका कारण फिल्म हलमा कुनै पनि फिल्म रिलिज भएका छैनन् । डिजिटल प्लेटफर्ममा भने हलमा रिलिज भएका फिल्महरु रिलिज गरिएका छन् ।

केही समयअघि रिलिज भएको अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले युट्युबमा हप्तौंसम्म ट्रेन्डिङ नम्बर एकमा बस्न सफल भयो ।
पछिल्लो समय नेपाली फिल्मले युट्युबमा दर्शक तान्न सफल भएका छन् ।

यतिबेला नेपालमा युट्युब ट्रेन्डिङमा एकसाथ चार फिल्म छन् । चार दिनअघि रिलिज भएको फिल्म ‘प्रसाद’ ले नम्बर एक ट्रेन्डिङ ओगटेको छ । विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको फिल्ममा अन्तर्जातीय प्रेमकथालाई समेटिएको छ ।

फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ भने सुशील पौडेलको कथा छ । हलमा रिलिज हुँदा यो फिल्मले समीक्षात्मक हिसाबले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

यस्तै युट्युबको ट्रेन्डिङ नम्बर ६ मा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी लगायतको अभिनय रहेको फिल्म ‘कुम्भकरण’ छ । फिल्मलाई युट्युब दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।

मेनुका प्रधान, दयाहाङ राई र गौरव पहारीको शीर्ष भूमिका रहेको फिल्म ‘साइँली’ पनि युट्युबमा रुचाइएको छ । रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मलाई पनि दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।

फिल्म हलमा कुनै फिल्म रिलिज नभइरहेका बेला दर्शकहरु युट्युबमा नेपाली फिल्मप्रति आकर्षित बनेका छन् । मेकरले दर्शक नेपाली फिल्मप्रति आकर्षित भएको टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  २ : १६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि