काठमाडौं उपत्यकामा थपिए ९४७ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ९४७ कोरोना संक्रमित


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन्, जसमध्ये ३३१ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७६ हजार ४४२ छ।

ललितपुरमा १२ हजार ५७७ जना संक्रमित भएका छन्। जसमा ९१ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ८९७ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ५८८ संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको छ भने हालसम्म ६ हजार ८९३ जना निको भइसकेका छन्।

काठमाडौंमा ७ हजार ७४४, ललितपुरमा १ हजार ५८९ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर १ हजार ७९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

२४ घण्टामा २ हजार १९१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ।

आज देशभर १७ हजार ६५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ३८ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको