बीबीसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना « Khabarhub

बीबीसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

बीबीसीले सन् २०२० का लागि छनोट गरेका संसारभरका महिलाहरुको सूचीमा मगरलाई समावेश गरेको हो ।

उनले बेवारिसे शवको अन्तिम संस्कार गर्दै आएकी थिइन् । उनी सडक, गल्ली र अस्पतालका वेबारिसे शवको अन्तिम संस्कार गर्ने विनयजङ्ग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा काम गर्छिन् ।

बीबीसीसँगको कुराकानीमा सपना भन्छिन्, ‘संसारभर बेघर र छाडिएका मान्छे छन्, उनीहरु सडकमै मर्छन्, उनीहरुसँग पनि उचित अन्तिम संस्कारको अधिकार छ, म समाजसेवाका लागि मात्र नभएर आफ्नो खुशीका लागि पनि यो काम गर्छु ।’

सपनाले बेवारिसे शवलाई अस्पतालमा पुर्‍याई पोस्टमार्टम गरेर दाहसंस्कार गर्ने कार्यमा सहभागी हुन्छिन् । यसअघि नेपाली मिडियाले उनको कार्यलाई साहसिक मान्दै समाचार तयार पारेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ४६ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको