उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो « Khabarhub

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज भएकोमा आपत्ति जनाएका छन् । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका उनको उम्मेदवारी आज आयोगले खारेज भएको जानकारी गराएको हो ।

यसपछि उनले आफूविरुद्ध राजनीतिक विभेद भएको बताएका छन् । ‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ, बिभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ?,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिाका हो। पहिचानको लामो लडाइँको मार्ग कतै त्यहि हुने त होइन ? भन्ने भय छ। राजनैतिक विभेदकाविरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो।’

चौधरीले यसविरुद्ध देशैभर जाँतो चिह्नमा मतदान गर्न समेत आह्वान गरेका छन्। ‘मेरो उम्मेदवारी खारेजविरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षासहित,’ उनले लेखेका छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : ५४ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय