‘वार’ को सिक्वेलमा ऋतिकसँगै सलमान र शाहरुख ! « Khabarhub

‘वार’ को सिक्वेलमा ऋतिकसँगै सलमान र शाहरुख !


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जसरी रोहित सेट्टीले ‘एभेन्जर्स’ सिरिजबाट प्रेरणा लिएर ‘सिम्बा’ तथा ‘सिंघम’ र ‘सूर्यवंशी’ मा सिम्बा तथा सिंघमको भूमिका दिएजस्तै आदित्य चोपडाले ‘वार’ को सिक्वेलमा पनि यस्तै प्रयोग गर्ने योजना बनाएका छन् ।

खबरका अनुसार ‘वार’ को सिक्वेलमा पनि टाइगर श्राफका साथ सलमान खान र शाहरुख खानले पनि अभिनय गर्ने भएका छन् ।

यो सिक्वेलमा सलमान खान टाइगर र शाहरुख खान पठानको भूमिकामा देखिने चर्चा छ । यी तीन ठूला स्टार्सलाई एउटै पर्दामा देख्ने भएपछि दर्शक पनि प्रतीक्षित छन् ।

भारतीय मिडियाका अनुसार फिल्ममा दीपिका पादुकोण र क्याटरीना कैफ पनि देखिनेछन् । यी दुवै एजेन्टको भूमिकामा हुने बताइएको छ । यस हिसाबले फिल्मलाई ‘स्पाइ युनिभर्स’ पनि भनिएको छ ।

यद्यपि यशराज ब्यानरले भने यो खबरका बारेमा आधिकारिक जानकारी दिएको छैन । बलिउडमा भने यसबारे चर्चा शुरु भइसकेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ५ : ५२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा