देशभर २४ घण्टामा १७९० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा १७९० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

काठमाडौं उपत्यकामा थपिए ९४७ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  हो ।

हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन्, जसमध्ये ३३१ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७६ हजार ४४२ छ। यसैगरी ललितपुरमा १२ हजार ५७७ जना संक्रमित भएका छन्। जसमा ९१ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ८९७ जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा ७ हजार ५८८ संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको छ भने हालसम्म ६ हजार ८९३ जना निको भइसकेका छन्। काठमाडौंमा ७ हजार ७४४, ललितपुरमा १ हजार ५८९ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थप २७९१ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २७९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४ हजार ८५८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप २४ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३३, तेह्रथुममा ५, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा ७५, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहट ५, सप्तरीमा १०, सर्लाहीमा १ र सिरहामा ५ जनामा कोरोना स‌ंक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६१, चितवनमा १७, दोलखामा ५, धादिङमा १५, नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १ सय ९०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासी पूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ६, वागलुङमा २ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नलवपरासीमा ९, पाल्पामा ११, प्यूठानमा २, बर्दियामा ३३, बाँकेमा ३८ र रुपन्देहीमा ३८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा ३, सल्यानमा २ र हुम्लामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धरामा ५, दार्चुलामा १, बझाङमा १ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्या‌कमा उल्लेख छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ५ : ३६ बजे

‘सरकारले विद्युतलाई महत्व नै दिएन’

ऊर्जा क्षेत्रमा हाम्रा धेरै चुनौती छन् । फाइनान्सदेखि वितरण लाइनहरू,

बिजुलीका पोलबाट इन्टरनेटका तार हटाउन प्राधिकरणको आग्रह

दाङ – तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ – कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

बनियानी – पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ –  वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय