दोलखाको भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि पूजापाठ, प्रसाद राष्ट्रपतिलाई पठाइने « Khabarhub

दोलखाको भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि पूजापाठ, प्रसाद राष्ट्रपतिलाई पठाइने


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक-पटक पसिना आएको जनाएको हो ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् ।

प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

पूजापाठको प्रसाद बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने व्यवस्था मिलाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । सो शिलामा पसिना आउँदा राष्ट्र प्रमुखलाई प्रसाद पठाउने प्रचलन रहिआएको छ ।

शिलामा पसिना आएपछि भक्तजनहरूले मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने लगायत गर्ने गरेका छन् ।

यस्तो छ प्रशासनको विज्ञप्ति

भीमेश्वरको शिलामा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई पसिना आएको विश्वास गर्ने गरिएको छ ।

यसअघि २०७६ फागुन १५ गते मन्दिरको शिलामा पसिना आएको थियो । पसिना आएपछि क्षमापूजा गरिएको थियो ।

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने किंवदन्ति छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरको शीलामा पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : ५२ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको