ला लिगामा रियल मड्रिडको सहज जित « Khabarhub

ला लिगामा रियल मड्रिडको सहज जित


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलले ग्रानडालाई २–० ले पराजित गरेको छ ।

रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोले गरेको गोल नै पर्याप्त रह्यो ।

खेलको ५७औं मिनेटमा मार्को एसेन्सियाको क्रसलाई क्यासमिरोले हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले इस्कोको पासमा गोल गर्दै रियलको जित पक्का गरेका थिए ।

जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ । रियलको १५ खेलबाट ३२ अंक छ । तर, एट्लेटिकोले २ खेल कम खेलेको छ । पराजित ग्रानडा भने २१ अंक जोडेर सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ६ : ०७ बजे

न्यू बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

काठमाडौँ– नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण मानिएको ‘न्यू

नक्कली शरणार्थी प्रकरणका तीन प्रतिवादीको बयान लिइँदै

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान

तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतलाई

काठमाडौँ– तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतले

रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिनेछौँ : मोदी

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता

नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले