प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने ओलीको चेतावनी « Khabarhub

प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने ओलीको चेतावनी


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने चेतावनी दिएका छन् ।

बुधबार योहो टेलिभिजनका लागि जीवराम भण्डारीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरे ।

उनले अव चुनाको माहोल बनेकाले मिलेर जान पनि आह्वान गरे । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’

पार्टीभित्रको अहिलेको कलह प्रचण्ड-माधव समूहको पद र प्रतिष्ठाको उपज भएको उनले बताए । आफू विरामी हुँदा पनि आरामदायी कुर्सीमा बस्दा पनि ईष्या गरिएको बताउँदै उनले भने-‘माधव जीलाई मैले तृतिय अध्यक्ष त प्रस्ताव गरेकै हो अहिले द्धितिय अध्यक्ष बन्नु भएछ, सोफा पनि राम्रै देखिएको थियो ।’

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ६ : २२ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना