मापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग | Khabarhub Khabarhub

मापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान मापदण्डविपरीत रहेका छन् ।

जिल्लामा ३२ वटा क्रसर उद्योग र ७० वटा बालुवा प्रशोधन उद्योग रहेका छन् । सबै उद्योग कुनै न कुनै निकायमा दर्ता भएको पाइए पनि हालको वर्तमान मापदण्डभित्र नरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

केही बालुवा उद्योगले उद्देश्यविपरीत क्रसिङको कार्यसमेत पाइएकाले अनुमतिबाहेकका अन्य काम गर्न ती उद्योगलाई रोक लगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार ११ वटा क्रसर उद्योग र १४ वटा बालुवा प्रशोधन उद्योग समयावधिभित्र नवीकरण नभएको पाइएको छ ।

यसैगरी आठ वटा क्रसर उद्योग तथा १८ वटा बालुवा उद्योगले गत आर्थिक वर्ष ०७६/०७७ को कर चुक्ता नगरेको पाइएको प्रशासनले जनाएको छ ।

प्रदेश सरकारले २०७५ असोज ३० गते मन्त्रिपरिषद्बाट पास गरेको ‘नदीजन्य पदार्थ सङ्कलन र उपयोग कार्यविधि’  कुनै पनि क्रसर उद्योग मापदण्डमा नभएको हो ।

उक्त कार्यविधिमा क्रसर उद्योग र बालुवा प्लान्ट सञ्चालन गर्न नदी खोलाका किनारबाट ३०० मिटरभन्दा टाढाको दूरीमा, हाइटेन्सन लाइनबाट १०० मिटर, राजमार्गबाट ३०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक संस्था र सुरक्षा निकायबाट एक किलोमिटरभन्दा टाढाको दूरीमा हुनु पर्नेछ ।

यस्तै मापदण्डानुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षबाट दुई किलोमिटरभन्दा टाढाको दूरी, घनाबस्तीबाट दुई किलोमिटरभन्दा धेरै दूरी, वन क्षेत्रबाट एक किलोमिटरभन्दा धेरैको दूरी, पक्की पुलबाट ५०० मिटरभन्दा टाढा हुनुपर्ने छ ।

मकवानपुरमा सञ्चालित सबै बालुवा प्लान्ट उद्योग र क्रसर उद्योग मापदण्डविपरीत पाइएको हो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ७ : ५० बजे

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको