कतारमा कोरोना खोप लगाउन सुरु « Khabarhub

कतारमा कोरोना खोप लगाउन सुरु

पहिलो खोप कतार युनिभर्सिटीका पूर्वनिर्देशक डा कुबैसीले लगाए



दोहा– कतारमा खोप लगाउन सुरु गरिएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप कतार युनिभर्सिटीका पूर्व निर्देशक ७९ वर्षीय डा. अब्दुल्लाह अल कुबैसीले अल वजबा स्वास्थ्य केन्द्रमा पुगेर खोप लगाएको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने हमाद मेडिकल कर्पोरेसनका सङ्क्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले बताए ।

पहिलो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरुका लागि खोप उपलब्ध हुनेछ ।

यसैगरी १६ वर्ष वा माथि उमेरका गम्भीर र दीर्घकालीन रोगहरू भएका व्यक्तिहरू, र प्राथमिकता दीर्घकालीन रोगहरू भएका वृद्धहरूका लागि खोप उपलब्ध हुनेछ।

सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रमार्फत खोप दिने जनाएको छ । अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रबाट खोप लिन सकिनेछ ।

यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएसमार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप नि:शुल्क रुपमा उपलब्ध गराउने जनाएको छ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ९ : ०९ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने