थाहा पाउनुहोस मेथी खानुका चामत्कारिक फाईदा « Khabarhub

थाहा पाउनुहोस मेथी खानुका चामत्कारिक फाईदा


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भान्सामा मेथीको प्रयोग गर्नुहुन्न भने आजै बाट मेथीको प्रयोग सुरु गर्नुस् । किनकी यसले हाम्रो शरीरलाई अनेकौं फाइदा पुर्याउँछ।

यो कोरोना कहरका बेला रोग प्रतिरोधी क्षमता बढाउन मेथी अझै बढी उपयोगी हुन्छ ।

यस्ता छन् बहुगुणी मेथीका फाईदा
– यसले भोक बढाउने तथा संक्रामक रोगबाट रक्षा गर्दछ ।
– मेथी खानाले पसिना आउँछ । र शरीरको विजातिय विकार तत्वलाई बाहिर निकाल्दछ ।
– यसले श्वास तथा शरीरको दुर्गन्धबाट छुट्कारा दिलाउँदछ ।
– यो अल्सरमा पनि लाभकारी हुन्छ ।
– मेथीबाट बनेको लड्डु एक राम्रो टोनिक हो जो प्रसुति पश्चात खुवाउने गरिन्छ ।
– यसले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउने गर्दछ ।
– डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ ।
– यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ।
– यसले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ ।
– यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ।
– मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ । एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ ।
– वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ ।
– मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १/१ चम्मच तातो पानी या दूधमा सेवन गर्नाले जोड्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएकोमा फाइदा हुन्छ।
– मेथी दाना मा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यसको सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ।
– प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमिका रहेको पाइएको छ।
– मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : ५८ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर