केन्द्रीय कमिटीअघि दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक « Khabarhub

केन्द्रीय कमिटीअघि दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक

सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको  ‘आकस्मिक’ बैठक डाकेको छ ।

‘बिहान ११ बजे डाकिएको केन्द्रीय कमिटी बैठकलाई सारेका छौँ, स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा केही एजेण्डा ल्याएर अनुमोदन गर्दै पार्टी संरचना व्यवस्थित गर्न पर्ने भएकाले यस्तो गरिएको हो,’ नेता बेदुराम भुसालले खबरहबसँग भने ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा डाकिएको स्थायी कमिटी बैठकबाट के एजेण्डा केन्द्रीय कमिटीमा जाँदैछन् भन्नेमा भने उनले केही पनि खुलाएनन् ।

नेकपाकै दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य शिवकुमार मण्डलले भने सचिवालयमा हेरफेर र महासचिवको विषय केन्द्रीय कमिटीबाट अनुमोदन गराउन स्थायी कमिटीले प्रस्ताव ल्याउन लागेको जानकारी दिए ।

‘केन्द्रीय कार्यालयका सदस्यदेखि सचिवालयसम्मका सबै विषय केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने भएकाले स्थायी कमिटीबाट अनुमोदनका लागि सिफारिस आउँछ, हामी त्यसलाई पारित गर्छौँ,’ मण्डलले भने ।

दाहाल-नेपाल समूहमा महासचिवको आकांक्षीमा पाँच जनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र वर्षमान पुनमध्ये पाण्डेको विषयमा मोटामोटी सहमति बनेको मण्डलले ब प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ ।

गत आइतबार (५ पुसमा) प्रतिनिधिसभा विघटनपछि गत मंगलबारबाट नेकपाका दुई समूह (ओली र दाहाल नेपाल) समानन्तररूपमा बैठक थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको छ । बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।

दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् ।

अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

दाहाल-नेपाल समूहले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।

एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको हो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ११ : ४८ बजे

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार

स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले