एसी मिलानको अप्रत्यासित जित | Khabarhub Khabarhub

एसी मिलानको अप्रत्यासित जित


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- थियो हर्नान्डेजले ९३औँ मिनेटमा गरेको गोलमा सिरि ए फुटबलमा एसी मिलानले लाजियोमाथि अप्रत्यासित नतिजा निकालेको छ ।

बुधबार राति भएको खेलमा नाटकीय जितसंगै एसी मिलानले लाजियोलाई ३–२ गोल अन्तरले हरायो । जितसंगै मिलान क्लबले सिरि ए फुटबलमा आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एन्टन रेबिले हेडमार्फत मिलान क्लबलाई अग्रता दिलाएका थिए । हकन कल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै १७औँ मिनेटमा अग्रतालाई दोब्बर बनाए ।

दोस्रो हाफमा लगातार दुई गोल गर्दै लाजियो खेलमा फर्कियो । लुईस अल्बर्टो र सिरो ईमोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई बराबरीमा ल्याएका थिए । तर, हर्नान्डेजले हेडमार्फत गोल गर्दै मिलानलाई जित दिलाए ।

जितसंगै एसी मिलानले इन्टरसँग एक अंकको अग्रता लिन सफल भएको छ । एसी मिलानले बराबरी खेलेको अवस्थामा इन्टरले शीर्ष स्थान कब्जा गर्ने समीकरण थियो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १२ : ५० बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।