माछापोखरीबाट हराएको मोटसाइकल एक महीनापछि सामाखुसीमा भेटियो « Khabarhub

माछापोखरीबाट हराएको मोटसाइकल एक महीनापछि सामाखुसीमा भेटियो



काठमाडौँ– माछापोखरीकी ऋचा गिरीले कार्तिक २१ गते दिउँसो १ बजेर २५ मिनेटमा माछापोखरीको पार्किङमा मोटरसाइल राखिन् ।

तिहारको माहोल थियो । भिडभाड देख्दादेख्दै असुरक्षित ठाउँमै पार्किङ गरेर सपिङ गर्न हिँडे दिदीभाइ ।

करिब १० मिनेटपछि पार्किङस्थानमा पुग्दा मोटरसाइल थिएन । यताउता खोजी गर्दा नभेटेपछि उनीहरले प्रहरीलाई खबर गरे ।

‘पार्किङमा स्कुटर र मोटरसाइल धेरै थिए । हामीले चारैतिर हेर्‍यौँ तर, हाम्रो कतै पनि देखिएन,’ उनले त्यतिबेलाको क्षण सम्झँदै भनिन्, ‘के गर्ने गर्ने भयो । दुवै जना अत्तालिएका थियौँ । त्यतिकैमा प्रहरीलाई खबर गर्ने भन्ने कुरा दिमागमा आयो ।’

ऋचाले तत्काल १०० नम्बरमा फोन गरिन् र भनिन्, ‘सर ! माछापोखरी पार्किङ स्थलबाट राखेको १० मिनेटमा बा ८८ प ७४५ नम्बरको पल्सर हरायो खोजेर हामीलाई सहयोग गर्नुपर्यो ।’

मोटरसाइकल खोजिदिने आश्वासन पाएपछि उनी महानगरीय ट्राफिक महाशाखा बग्गीखाना पुगेर निवेदन दिइन ।

मोटरसाइकल भेट्ने आशा मरिसकेको थियो । नयाँ किन्न पनि तत्काल पैसा जुटाउन मुस्किल । तर अचानक मंसिर ३० गते दिउसो ऋचाको मोवाइलमा फोनको घन्टी बज्यो ।

नयाँ नम्बरबाट आएको कल कसले गर्यो होला भन्दै उठाइन् ।

‘म बग्गीखानाबाट बोलेको तपाईंको बा ८८ प ७४५ नम्बरको पल्सर तपाईंको हराएको थियो ?’ फोनको पहिलो वाक्य उनको कानमा पर्यो ।

उनले हतारिदैं भनिन्, ‘हो सर ! माछापोखरीको पार्किङबाट हराएको थियो ।’

‘तपाईंको मोटरसाइकल भेटिएको छ । भोलि दिउसो १ बजे बग्गीखानामा लिन आउनुहोला’ उताबाट आएको यो आवाजले म धेरै खुसी भएँ र भनेँ, ‘धन्यवाद सर ! धन्यवाद मात्रै भनिरहे । मलाई लागेको थिएन हराएको मोटरसाइकल भेटिएला भनेर ।’

प्रहरीले कार्तिक २१ गते हराएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी चलाएको अवस्थामा सामाखुसीमा फेला पारेको थियो ।

त्यस्तै काडाघारीकी सबिता खड्काको सुन्तला रङको होन्डा डियो स्कुटर कार्तिक १ गते घरमा पार्किङ गरेकै स्थानबाट हरायो ।

सबिताले पनि १०० मै फोन गरिन् र हराएको स्कुटर खोजिदिन अनुरोध गरिन् । उनको स्कुटर सोही नम्बर प्लेट प्रयोग गरी मुलपानीमा चलाइरहेको अवस्थामा फेला पार्यो ।

कार्तिक १ गते हराएको स्कुटर लिन बग्गीखानाबाट फोन आउँदा उनी उत्साहित भइन् ।

‘एक महीनाभित्रै स्कुटर भेटियो उनले खुसी हुदैं भनिन्, भेटिन्छ कि भेटिदैन भन्ने लागेको थियो तर भेटियो धेरै खुसी छु । नेपाल प्रहरीले गरिरहेको यो काम सरहानीय लाग्यो ।’

ऋचा र सबिता मात्र होइन् । महाशाखामा उनीहरु जस्ता धेरैको सवारीसाधन हराएका निवेदन छन् । हराएको केही सवारीसाधन भेटिएका छन् भने धेरै भेटिन सकेका छैनन् ।

पछिल्ला केही समय यता उपत्यकाबाट सवारीसाधन विशेषगरी मोटरसाइकल र स्कुटर चोरीका घटना बढ्न थालेका छन् ।

मानिसहरुको चाप बढ्दै गएसँगै पार्किङ स्थानको कमी हुनु, सवारी चालकले ह्यान्डिल लक गर्न बिर्सनु र सवारीसाधन हराउँछ कि भनेर सचेत नहुनु जस्ता कारण सवारी साधन चोरी बढेको बताउँछन् महाशाखाका एसएसपी जनक भट्टराई ।

‘सबैभन्दा पहिले सवारी चालकले म कहाँ जाँदै छु त्यहाँ पार्किङका लागि ठाउँ छ कि छैन यदी छैन भने कहाँ पार्किङ गर्दा मेरो सवारी साधन सुरक्षित हुन्छ भन्नेबारे सोचेर मात्र घरबाट निस्कनुस्’ उनले भने ‘पार्किङ गरेपछि पनि आफ्नो सवारीको ह्यान्डिल लक गर्नुस् र सवारीमा राखिएका सामानहरु सुरक्षित गरेर मात्र निस्कनुस् ।’

हराएका मोटरसाइकल उपत्यका बाहिर पुग्छन्

हराएका मोटरसाइकल खोज्नका लागि महाशाखामा १५/२० छुट्टै समूह छ ।

त्यसरी हराएकै मोटरसाइकल खोज्न भनेर छुट्टै सिद्धान्त नबनाए पनि सबै मोटरसाइकल फरक तरिकाले भेटिरहेका बताउँछन् भट्टराई ।

‘केही मोटरसाइकल सडकमा चेकजाँच गर्ने क्रममा भेटिन्छन् जसको बिलबुक नै हुँदैन त्यसरी हेर्दा चोरेको थाहा हुन्छ’ उनले भने, ‘उपत्यकाबाहिर पुगेका थुप्रै मोटरसाइकलहरु फेला पारी धनीलाई बुझाएका छौं ।’

उनकाअनुसार उपत्यकामा हराएका धेरैजसो मोटरसाइकल सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट लगायतका जिल्लामा भेटिने गरेका छन् ।

महाशाखामा चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म मोटरसाइकल हराएका ५ सय २ वटा निवेदन आएका थिए ।

जसमा महाशाखाले १ सय ७ वटा मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो । तीमध्ये ७९ वटा मोटरसाइकल फेला परेका छन् । फेला परेका मोटरसाइकल सवारी धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  २ : २० बजे

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत