विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय « Khabarhub

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा मिल सञ्चालनका लागि रणनीतिक लगानीकर्ता खोज्न आशयपत्र (ईओआई) आह्वान गरिएको हो।

विराटनगर जुट मिल लिमिटेडले बुधबार सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा उद्योगको पुनरुत्थान, आधुनिकीकरण तथा दीर्घकालीन सञ्चालनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरेको छ।

जारी सूचनाअनुसार इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आशयपत्र पेस गर्नुपर्नेछ। मिललाई ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा सञ्चालन गर्ने योजना बनाइएको छ। यसका लागि विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा उपलब्ध गराइनेछ।

मिल पुनः सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ। पूर्ण क्षमतामा उद्योग सञ्चालन हुँदा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरिएको छ।

नयाँ लगानीकर्तालाई आकर्षित गर्न मिलका विगतका वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्वको भार नपर्ने व्यवस्था गरिएको छ। ती दायित्व मिल व्यवस्थापनले नेपाल सरकारको सहयोगमा व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजान पाउने सुविधा तथा सुरुवाती वर्षमा लिज भाडामा सहुलियत पाउने व्यवस्था गरिएको छ।

सन् १९३६ (वि.सं. १९९३) मा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो आधुनिक उद्योग हो। राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी तथा आर्थिक समस्याका कारण यो उद्योग पटक–पटक बन्द हुँदै आएको छ।

मन्त्री साहले उद्योग मन्त्रालयको नेतृत्व सम्हालेपछि बन्द तथा रुग्ण उद्योगको पुनरुत्थानलाई प्राथमिकतामा राख्दै जुट मिल सञ्चालनका लागि नीतिगत र प्रशासनिक प्रक्रिया अघि बढाएका हुन्।

आशयपत्र पेस गर्ने समयसीमा सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने र त्यसपछि उद्योग सञ्चालनको प्रक्रिया अघि बढाउने योजना रहेको मिलले जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : ०१ बजे

सामा-चकेवा समापन (तस्बिरहरू)

काठमाडौं- दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेट खेलमा

युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ?

काठमाडाैँ – युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।