सुन्तलाको बढ्यो उत्पादन, घट्यो बजार « Khabarhub

सुन्तलाको बढ्यो उत्पादन, घट्यो बजार


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुने भएको छ ।

गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले बताए ।

सुन्तला सुपरजोन क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष ६०० मेट्रिक टन बढी सुन्तला उत्पादन हुने अनुमान छ ।

स्याङ्जामा सुन्तला सुपरजोनअन्तर्गत एकहजार ३४८ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ । जसमध्ये ८०८ हेक्टर क्षेत्रफलमा रहेको बगैँचाले उत्पादन दिने गरेको छ भने ५४० हेक्टर क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको प्रमुख लम्सालले बताए ।

सुपरजोनअन्तर्गत यसवर्ष ३० हेक्टर क्षेत्रफल वृद्धि गरी सुन्तलाका बिरुवा लगाउने लक्ष्य कार्यालयको रहेको प्रमुख लम्सालको भनाइ थियो ।

‘गतवर्ष सुन्तला बिक्रीबाट सुपरजोन क्षेत्रभित्र मात्रै रु ३५ करोड आम्दानी भएको थियो, यसवर्ष कति हुन्छ, यकिन छैन,’ प्रमुख लम्सालले भने, ‘यसवर्ष कोभिड–१९ सङ्क्रमणका कारण सुन्तलाले बजार नपाउँदा किसान चिन्तित छन् ।’

हालसम्म सुपरजोन लागू भएका क्षेत्रभित्र उत्पादन भएका सुन्तलामध्ये १५ प्रतिशत मात्रै बिक्री भएको तथ्याङ्क कार्यालयसँग छ ।

‘स्याङ्जामा उत्पादन भएको सुन्तलालाई प्याकेजिङ र ग्रेडिङ गरेर चीन लैजाने सम्झौता भएको तर कोभिडका कारण निरीक्षणका लागि चीनबाट टोली नआएकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन,’ प्रमुख लम्सालले भने ।

विगत वर्षमा आन्तरिकरुपमा सुन्तला बिक्री हुने गरेकोमा यसवर्ष कोभिड– १९ का कारण सुन्तलाको बिक्री घटेको हो ।

पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको दायाँबायाँ बाटोबाटै धेरैजसो सुन्तलाको खपत हुने गरेकोमा यस वर्ष सवारी साधन कम सञ्चालन हुनु, सुन्तलाले चिसो हुने र कोभिडको जोखिम बढ्ने भन्ने गलत बुझाइका कारण पनि सुन्तला कम मात्रामा खपत भएको उनको भनाइ छ ।

स्याङ्जाका एघार पालिकामध्ये पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा सुन्तला सुपरजोन क्षेत्र घोषणा भई कार्यान्वयनमा रहेको छ ।

पुतलीबजारका १, २, ३, ७, १०, ११, १३, १४ वालिङको ४ नं वडा, भीरकोटको १,२,३,६,७,८ नं. वडा तथा अर्जुनचौपारी गाउँपालिकाको १, २ वडा सुन्तलाका पकेट क्षेत्र हुन् ।

सुन्तला सुपरजोन लागू भएका क्षेत्रमा किसान समूह ११५, निजी फार्म ७५ र सहकारी १३ वटा गरी कूल २०३ संस्था सूचिकृत भएका छन् । जसमा तीन हजार २५९ सदस्य आबद्ध रहेका छन् ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ३ : २९ बजे

रुसको रोजाइमा हवाई आक्रमण

युक्रेनको राजधानी किभमा पछिल्लो साता लगातार मिसाइल र ड्रोन आक्रमण

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक गरिने

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति

खाणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री

दुई देशको सम्बन्ध अगाडि बढाउने पहल भारतले गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा

बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै

बैतडी– बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति,