दाहालको कार्यकारी अध्यक्षको अधिकार खोस्ने ओली पक्षीय केन्द्रीय कमिटीको निर्णय (भिडियोसहित) | Khabarhub Khabarhub

दाहालको कार्यकारी अध्यक्षको अधिकार खोस्ने ओली पक्षीय केन्द्रीय कमिटीको निर्णय (भिडियोसहित)


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्दै कार्यकारी अध्यक्षको अधिकार खोस्ने  निर्णय गरेको छ ।

बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।

ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डमाथि कारबाही गरिएको जनाएको छ । यसअघि ओली नेतृत्वको नेकपाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो ।

अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ। बैठकमा मूलत: चुनाव निर्धारित मितिमा कसरी गर्ने भन्नेमा छलफल केन्द्रित थियो। केन्द्रीय कमिटी बैठकका एजेन्डाहरु स्थायी समिति बैठकले तय गर्ने निर्णय पनि भएको छ।

हेरौँ भिडियो

पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग : ओली

बैठकमा प्रधानमन्त्री ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताए ।

बैठकमा बोल्दै उनले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताए ।

उनले भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको, संविधान बनाएबापत नाकाबन्दी लागेको र नाकाबन्दीको सामना गरेबापत आफूलाई घेराबन्दीमा पारिएको बताए ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य गरे ।

उनले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए । त्यस्तै उनले संसद पुनर्स्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुनर्स्थापना हुने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने धारणा राखेका थिए ।

राष्ट्रिय हितका लागि ओली नेतृत्वलाई साथ : गृहमन्त्री थापा

कार्यक्रममा नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका थिए ।

थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने दाबी गरे । नेता थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने स्पष्ट  पारे ।

तोकिए सात प्रदेशका संयोजक

यसैबीच नेकपाको ओली पक्षले पार्टीका सात प्रदेशका संयोजक तोकेको छ। बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले सातै प्रदेशका संयोजक तोकेको हो ।

बैठकले सुदूरपश्चिमको संयोजक लेखराज भट्ट, कर्णालीको मणि थापा, लुम्बिनीको शंकर पोखरेल, गण्डकीको पृथ्बीसुब्बा गुरुङ, वागमतीको ईश्वर पोखरेल, प्रदेश २ को सत्यनारायण मण्डल र प्रदेश १ को संयोजकमा सुवास नेम्वाङलाई तोकेको छ ।

त्यसैगरी टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको संयोजक र कृष्णगोपाल श्रेष्ठलाई उपत्यकाको संयोजक तोकिएको छ।

संगठन परिचालन, प्रशिक्षण र निर्वाचनको माहोल बनाउनका लागि उनीहरुलाई जिम्मेवारी प्रदान गरिएको नेकपाले जनाएको छ ।

बैठकले संसद विघटनको निर्णयको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकतालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ५ : १२ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का