राजदूत आचार्य र भारतीय सेना प्रमुख नरवणेबीच भेटवार्ता « Khabarhub

राजदूत आचार्य र भारतीय सेना प्रमुख नरवणेबीच भेटवार्ता


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि नेपाली राजदूत निलम्बर आचार्य र  भारतका थलसेना प्रमुख मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ ।

भेटको विषयमा भारतीय सेनाले आफ्नो ट्वीटरमार्फत जानकारी गराएको हो ।

सोही ट्वीटमा प्रतिक्रिया जनाउँदै राजदूत आचार्यले पनि भारतीय सेनाध्यक्ष नरवणेसँगको भेट राम्रो र सुखद रहेको प्रतिक्रिया दिएका छन् ।

भेटकाक्रममा बहुपक्षीय हितका विषयमा कुराकानी भएको भारतीय सेनाले जनाएको छ । भेटमा भारतीय सेनामा कार्यरत तथा सेना निवृत गोर्खा सैनिकहरुको बारेमा समेत कुराकानी भएको जनाइएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिन हालै नेपाल आएका नरवणेको त्यसयता नेपाली अधिकारीहरुसँग भएको यो पहिलो भेट हो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : ०० बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही