दुई महिनाको अवधिमा १०९ थान भरुवा बन्दुक बरामद « Khabarhub

दुई महिनाको अवधिमा १०९ थान भरुवा बन्दुक बरामद


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– अवैध भरुवा बन्दुक नियन्त्रणमा पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बागलुङले सक्रियता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयले नागरिकको शान्ति सुरक्षामा खलल पुर्‍याउने सबै गतिविधि नियन्त्रण गर्ने अभियान अन्तर्गत गाउँगाउँमा रहेका अवैध भरुवा बन्दुक नियन्त्रणमा लिने क्रम जारी राखेसँगै स्थानीयले जङ्गलमा हतियार लुकाउन थालेको पाइएको छ ।

प्रहरीले पछिल्लो समय अवैध घरेलु मदिरा नष्ट, गाँजा फडानी, फरार प्रतिवादी पक्राउ गर्दै आएकामा प्रहरीले पुनः अवैघ घरेलु हतियार बरामदलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो दुई महिनाको अवधिमा १०९ थान हतियार बरामद गरिसकेको छ ।

गत असोज २८ गतेदेखि भरुवा बन्दुक बरामद गर्न थालेको प्रहरीले हालसम्म १०९ थान बरामद गरेको जनाएको छ । वन्यजन्तुको अवैध चोरी शिकारीमा प्रयोग हुँदै आएको भरुवा बन्दुक बरामदलाई जिल्ला प्रहरी कार्यालयले तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

गलकोट नगरपालिका–९ स्थित कात्तिकेको जङ्गलमा दुई नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको निर्देशनानुसार अवैध रुपमा रहेका हातहतियार बरामद गर्ने अभियानलाई तीव्रता दिएसँगै पक्राउ पर्ने डरले भरुवा बन्दुक जङ्गल तथा खोला किनारमा फाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

“अहिले मात्रै भरुवा बन्दुकसहित पक्राउ परेका १० जनालाई मुद्दा चलाइएको छ, एक फरार रहेका छन्”, उनले भने, “पक्राउ पर्नुभन्दा जङ्गलमा लुकाउने र फाल्ने गरेको देखियो ।” प्रहरीले भरुवा बन्दुकसहित १० जनालाई पक्राउ गरेको र एक जना फरार रहेको, अन्य भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

कालिज, मृग, चितुवा लगायत वन्यजन्तुको शिकार गर्न प्रयोग हुँदै आएका भरुवा बन्दुक गाउँमै बनाएको पाइएको छ । भरुवा बन्दुक बरामदले तीव्रता पाएसँगै जङ्गलमा हुने अवैध चोरी शिकारी घटेर गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : १५ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको