जम्मु काश्‍मीरस्थित बारामुल्लामा दक्षिण एसियाकै पुरानो जलविद्युत उत्पादन केन्द्रको पुनर्निर्माण « Khabarhub

जम्मु काश्‍मीरस्थित बारामुल्लामा दक्षिण एसियाकै पुरानो जलविद्युत उत्पादन केन्द्रको पुनर्निर्माण


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर–जम्मु काश्मीर प्रशासनले दक्षिण एसियाकै सबभन्दा पुरानो जलविद्युत उत्पादन केन्द्र पुनर्निर्माणको कामलाई अघि बढाइने भएको छ ।

प्रशासनको यस निर्णयले बारामुल्लाका काश्‍मीरका जनता र विशेषगरी बारामुल्लाका नागरिकलाई हर्षित तुल्याएको छ ।

उत्तर कश्मीरको बारामुल्लाको बोनियारमा झेलम नदीको बाँया किनारमा सन १९०२ मा उक्त जलविद्युत उत्पादन केन्द्र निर्माण गरिएको थियो ।

सन् १९०५ मा जम्मु काश्मीरका तत्कालीन राजा महाराजा हरि सिंहले क्यानाडामा जन्मिएका ईन्जिनियर मेजर अलियनको सेवामा काम गरेका थिए ।

डी लिट्टबिनेर, महुरा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट अनौंठो र दुर्लभ सुविधाहरूसहित बनेको थियो । जसमा पानी कन्डक्टरको रूपमा ११ किलोमिटर लामो काठको फ्लोम राखिएको छ ।

सुरुमा पावर हाउसले ३ दशमलव ७६ मेगावाट बिजुली उत्पादन सुरु गरेको थियो ।

जलविद्युतको बाँधले बाढी आएपछि पावर हाउसमा ठूलो क्षति भएको थियो । सन् १९५९ मा पुरानो पावर हाउसलाई बाढीले  क्षति पुर्‍याएको थियो । यसको जिर्णोद्धारपछि सन् १९६२ मा ९ मेगावाट विद्युत उत्पादन हुने गरेको थियो ।

सन् १९९२ मा आएको बाढीले थप क्षति पुर्‍याएको थियो । त्यसपछिका सरकारहरुले यस ऐतिहासिक पावर हाउसलाई पनर्निर्माणमा ध्यान दिएको थिएन् ।

मोहरा जलविद्युत् आयोजनाको ऐतिहासिक विरासतको महत्त्वलाई ध्यानमा राख्दै जम्मू-काश्मीर राज्य विद्युत विकास निगमका प्रबन्ध निर्देशक शाह फैसलले सन् २०१७ मा कर्पोरेसनले १२० करोडको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गरिसकेका थिए ।

प्रधानमन्त्री विकास प्याकेज अन्तर्गत विरासत परियोजना पुनर्निर्माणको काम थालनी गरिएको हो ।

सरकारका प्रमुख सचिव रोहितकंसलको भर्खरको घोषणाले मोहरा जलविद्युत परियोजना मोहरामा १० दशमलव ५ मेगावाटको साना जलविद्युत आयोजनाको निर्माण गरेर पुनर्स्थापना गर्नेछन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ८ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको