कोरोना भाइरसको संक्रमणले चीनमा मात्रै ४१ को मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणले चीनमा मात्रै ४१ को मृत्यु


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ४१ पुगेको छ ।

चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो ।

कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सबै सार्वजनिक यातायात बन्द गरिए पनि संक्रमण रोकिएको छैन । बरु अझ फैलदै गएकोमा चीन सरकार चिन्तित बनेको छ ।

कोरोनाका संक्रमितको संख्या समेत बढ्दै गएको छ । शनिबार बिहानसम्म १ हजार २ सय ८७ मानिसलाई कोरोनाको संक्रमण भएको पुष्टी भएको छ ।

उनीहरुको अवस्था समेत चिन्ताजनक भएको बिबरणहरु सार्बजनिक भएका छन । बीबीसीका अनुसार कोरोनाले महामारीको रुप लिदै गएको तथा संसारभर फैलदै गएको छ ।

फ्रान्समा समेत ३ जनामा कोरोनाको संक्रमण पुष्टी भएपछी कोरोना भाइरस यूरोपमा समेत फैलिएको स्वास्थ्य अधिकारहरुले जनाएका छन ।

अहिलेसम्म कोरोनाको संक्रमण दक्षिण कोरिया, थाइल्याण्ड, सिंगापुर, अमेरिका, मलेसिया, भियतनाम, ताइवान, जापान, नेपाल लगायतका मुलुकहरुमा देखा परिसकेको छ भने बेलायत र क्यानाडामा समेत संक्रमणका संकास्पद व्यक्तिहरु देखा परेपछि परिक्षण प्रकिया शुरु गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ५७ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने