बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गरौं – प्रधानमन्त्री « Khabarhub

बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गरौं – प्रधानमन्त्री

प्रधानमन्त्रीबाट सोनाम ल्होछारको शुभकामना


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होछारका अवसरमा प्रधानमन्त्री ओलीले आज शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको समेत उल्लेख गरेका छन् ।

उनले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई संरक्षण गर्दै आएको पनि प्रस्ट पारे । ‘हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीका रुपमा रहेका छन्, एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ, विभिन्न संस्कृतिमा आधारित पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्’, शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको र विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विविध भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदताको संरक्षण गरिँदै आएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो विशेषता भएको बताएका छन् ।

प्रधानमन्त्रीले ओलीले सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एंव उत्तररोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सरकार समृद्ध नेपाल–सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको बताए ।

हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारले उक्त समुदायको परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्पूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : ०५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको