प्रभावकारी भएन पूर्ण सरसफाइको स्टिकर टाँस्ने कार्यक्रम « Khabarhub

प्रभावकारी भएन पूर्ण सरसफाइको स्टिकर टाँस्ने कार्यक्रम


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- रामपुर नगरपालिकालाई सफा र सुन्दर नगरपालिका बनाउन घरघरमा दुई वर्षअघि पूर्ण सरसफाइको स्टिकर टाँस्ने काम थालियो । हरियो र नीलो दुई थरिका स्टिकर घर घरमा टाँसियो ।

नगरपालिकाका ४, ५, ६ र ७ का वडाका करिब दुई हजार घरधुरीमा सरसफाइको स्टिकर टाँसिएयो । यसको नियमित अनुगमन मूल्याङ्कन नहुँदा यो कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो गरिएको छ ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले रामपुर नगरपालिकासँग साझेदारी गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो । यसको लागि परियोजनाले दुई कर्मचारी राखेको थियो । परियोजनाको कार्यक्रम अवधि सकिएपछि यसले निरन्तरता पाउन सकेन ।

नगरपालिकाले थोरै बजेट विनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिन सक्ने भए पनि यसप्रति बेवास्ता गरेकाले कार्यक्रम प्रभावकारी बन्न नसकेको स्थानीय बताउँछन् ।

घरघरमा पूर्ण सरसफाइ र आंशिक सरसफाइको सङ्केत जनाउने खालको स्टिकर टाँसेपछि नगरपालिकाले अनुगमन र निगरानी बेला बेलामा गर्नुपर्ने स्थानीय मनिराज तिवारी बताउँछन् ।

परियोजनाले नगरपालिका–६ को विजयपुर बजार र रामपुर अस्पतालमा एक/एक शौचालय निर्माण गरिदिएको नगर स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताए । परियोजनाबाट १३ लाख र नगरपालिकाको १३ लाखमा शौचालय निर्माण गरिएको हो ।

“स्टिकर टाँसिएपछि केही समय अनुगमन गरियो, अवधि सकिएपछि निगरानी नहुँदा कार्यक्रम प्रभावकारी बन्न सकेन”, उनले भने ।

घरभित्र र घर वरिपरि निस्कने फोहोरजन्य पदार्थले विभिन्न किसिमका रोग मानिसमा निम्त्याउने हुँदा नियमित सरसफाइमा ध्यान दिन सचेत गराउँदै स्टिकर टाँस्ने कार्यक्रम सञ्चालन गरिएको हो ।

हरियोले सरसफाइ पूर्ण र नीलोले सरसफाई पूर्ण नभएको सङ्केत जनाउने स्टिकर घरघरमा टाँसिएको छ । कतिपय स्थानमा पूर्ण सरसफाइ नभएको ठाउँमा नीलो स्टिकर टाँस्ने काम भएको स्थानीय सरस्वती सोमैले बताए ।

“स्टिकर टाँस्न आउँदा एक/एक महिनामा नगरपालिकाले अनुगमन गर्नेछ भनिएको थियो, स्टिकर टाँसेको दुई वर्ष बितिसक्यो अहिलेसम्म अनुगमनमा कोही आएको छैन”, उनले भने।

व्यक्तिगत सरसफाइ, सफा र स्वच्छ घर आँगन, सुरक्षित खाना, सुरक्षित पानी, चर्पीको नियमित प्रयोगजस्ता पाँच सूचक पूरा भएको घरघरमा पूर्ण सरसफाइको सङ्केत जनाउने हरियो स्टिकर टाँसिएको परियोजनाका तत्कालीन कर्मचारी गीता पौडेलले बताइन । नगरपालिकाले अनुगमन र निरन्तरता दिन नसक्दा कार्यक्रमले प्रतिफल दिन नसकेको पौडेलको भनाइ थियो ।

सामाजिक परिचालक, नगर स्वास्थ्य शाखाका कर्मचारी, जनप्रतिनिधिलगायतले घर आँगन, घरभित्रको अवस्था, शौचालयको अवस्था आदिको अवलोकन गरेर मात्र हरियो र नीलो स्टिकर टाँस गरिएको हो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १२ : २० बजे

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या