कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु « Khabarhub

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु भएको छ । योसँगै चीनमा कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिज नेटवर्कले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको यो पहिलो घटना भएको टेलिभिजनले जनाएको छ । डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटिएका चिकित्सक रहेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन् ।

अहिलेसम्म चीनमा मात्रै कोरोना भाइरसको संक्रमणमा परी ४२ जनाले ज्यान गुमाएका छन् भने एक हजार दुई सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ। चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो।

नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो। नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन। थप नेपालीमा पनि कोरोनाको संक्रमण फैलिएको आशंका गरिएको छ ।

चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र शहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ । कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अस्ट्रेलियामा समेत पुगेको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १२ : ०९ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी