कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु भएको छ । योसँगै चीनमा कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिज नेटवर्कले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको यो पहिलो घटना भएको टेलिभिजनले जनाएको छ । डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटिएका चिकित्सक रहेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन् ।

अहिलेसम्म चीनमा मात्रै कोरोना भाइरसको संक्रमणमा परी ४२ जनाले ज्यान गुमाएका छन् भने एक हजार दुई सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ। चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो।

नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो। नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन। थप नेपालीमा पनि कोरोनाको संक्रमण फैलिएको आशंका गरिएको छ ।

चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र शहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ । कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अस्ट्रेलियामा समेत पुगेको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १२ : ०९ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग