स–सानो कुरामा पति पत्नीबीच झगडा हुन्छ ? नून पानीले भुइँ पुस्नुस् ! « Khabarhub

स–सानो कुरामा पति पत्नीबीच झगडा हुन्छ ? नून पानीले भुइँ पुस्नुस् !


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने प्रचलन समाजमा व्याप्त छ । तर, परालको आगोको रुपमा लिइएको झगडा ठूलो आगलागीमा परिणत हुने खतरा पनि व्याप्त रहेको हुन्छ । त्यसैले पति पत्नीबीच तनावको अवस्था आएको खण्डमा तत्काल त्यसको समाधान तर्फ अघि बढ्नु पर्छ ।

पति पत्नीबीच उत्पन्न हुने तनावका कारण धेरैको वैवाहिक जीवन समस्यामा परेको हुन्छ । त्यसैले पति पत्नीबीचको सम्बन्धलाई राम्रो बनाइ राख्न धेरै कुरामा गम्भीर बन्नुपर्ने हुन्छ ।कुनै पनि विषयमा छलफल गरेर अघि बढ्दा पति पत्नीबीचको समस्या समाधान गर्न सकिन्छ ।

पति पत्नीको सम्बन्ध सुखद् र शान्तिपूर्ण बनाउनका लागि दुबै जनाबीचको तालमेल आवश्यक हुन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ ।

त्यसकारण केही वास्तु टिप्स बारे जानकार हुन आवश्यक छ ।

यदी सन्तान प्राप्तिमा ढिलाई भइरहेको छ भने पति पत्नीले सन्तान प्राप्तिका लागि उत्तर पश्चिम दिशा या उत्तर दिशामा सुत्नु पर्छ । यो दिशामा सुत्नेकोठा बनाएको खण्डमा प्रेम बढ्नुका साथै चाडै सन्तान सुख प्राप्ति हुन्छ ।

यदी एकै खाटमा दुई फरक फरक डस्नाको प्रयोग भएको छ भने पनि पति पत्नीबीचमा मतभेद उत्पन्न हुन सक्छ । त्यसैले एक खाटमा एउटै डस्ना वा गद्दाको प्रायोग गर्नुहोस् ।

पति पत्नीको सम्बन्ध र सन्तान सुखका लागि कहिले पनि घरको बिम(ढलानको बिम)को ठिक तल सुत्नु हुँदैन ।

पति पत्नीबीच विवाद भइरहे शनिवारको दिन घरमा गहुँ पिस्नुहोस् । त्यस समय गहुँमा कालो चना पनि मिसाउनु होला ।

पति पत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्षको भित्तामा राधा कृष्ण तथा फूलेको गुलाव या हासिरहेको बच्चाको तस्वीर टाँस्दा फाइदा पुग्छ ।

पति पत्नी सुत्ने कक्षमा ड्रेसिङ टेबल राख्नु बास्तुशास्त्रका अनुसार गलत हुन्छ ।

यदी पति पत्नीबीच झगडा परिरहेको छ भने यसको समाधानको उपाय पनि वास्तु शास्त्रमा रहेको छ ।

उपाय

बास्तुशास्त्र र तान्त्रिक विधि अनुसार केही उपाय गर्दा पति र पत्नीबीच बिग्रिएको समबन्धमा सुधार आउन सक्छ । त्यसका लागि केही उपाय गर्न जरुरी छ ।

सिन्दूर– रातभर आफ्नो पतिको तकियाको मुनी सिन्दुर राख्नुहोस् र विहान सिन्दुरको आधा भाग घरमा छर्कनुस् र बाँकी रहेको सिन्दुर पत्नीले आफ्नो सिउँदोमा भर्नुहोस् ।

आइतवारको रात पतिको डस्नामुनि थोरै सिन्दुर छर्कनुस् र अर्कोदिन विहान त्यो सिन्दुरलाई आफ्नो सिउँदोमा राख्नुहोस् ।

सुनको चुरा– दाम्पत्य जीवनलाई सुखमय बनाउनका लागि पतिले हरेक राति किशमिस युक्त दुधको सेवन गर्न जरुरी छ भने पत्नीले सधै सुनको चुरा लगाउन जरुरी छ ।

शुक्रवारका दिन भगवान विष्णु तथा लक्ष्मीजीलाई रस भएको मिठाइको भोग लगाउनु आवश्यक हुन्छ र प्रसादको रुपमा पति र पत्नीदुबैले यसको सेवन गर्न जरुरी हुन्छ ।

पति पत्नीबीच सधैं झगडा परिरहन्छ भने त्यसलाई शान्त गर्न घरको सफाइ नून पानीले गर्न जरुरी हुन्छ । प्रत्येक दिन नून मिसाएको पानीले विहान चाँडै घरलाई सफाइ वा पुच्छ्दा कलह शान्त हुनका साथै घरको नकारात्मक शक्तिपनि हट्छ ।

पानीमा सख्खर मिसाएर प्रतिदिन सूर्य भगवानलाई अर्पण गर्नुहोस् । यस्तो गर्नाले दाम्पत्य जीवनमा सुख शान्ति मिल्छ ।

विहीवार पिपलको रुखको फेदमा घ्यूमा भिजाएको दियो बाल्नुस् र अर्को एक दियो दोबाटोमा बाल्नुहोस् र त्यसमा एक एकवटा मिठाइपनि राख्नुहोस् ।

यी धार्मिक र शास्त्रीय रुपमा वर्णन गरिएका समस्या समाधानका केही उपाय हुन् । तर पति पत्नीबीच देखिने समस्या समाधनको लागि दुई जनाबीच छलफल र समझदारीको वातावरण बनाउनु नै महत्वपूर्ण कुरा हो । एक आपसमा देखिएका समस्यालाई छलफल र कुराकानी र समझदारीबाट टुंग्याउन सकियो भने वैवाहिक सम्बन्ध राम्रोसँग अघि बढ्छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ५ : २८ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा