एपीएफ टोलीद्वारा तीन लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

एपीएफ टोलीद्वारा तीन लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट तीन लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीबल एपीएफ टोलीले उनीहरुलाई शुक्रवार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भारतको अयोध्या रामनगर कलौनी घर बताउने ५४ बर्षिय सुनिलकुमार रामानी, ५२ बर्षिय राजकुमार बरयानी र भारतकै उत्तर प्रदेश अकबरपुर जिल्ला अम्बेश्वर नगर भवानीपुर घर बताउने २२ बर्षिय रवि तिवारी छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको यू पी ४५ यू ९०९० नम्बरको भारतीय गाडीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त रकम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको एपीएप्ले जनाएको छ।

एपीएफ टोलीले उनीहरुको साथबाट भारु पाँच सय रुपैयाँ दरको नोट पाँच सय ९० वटा र ५० रुपैयाँ दरको नोट एक सय वटा तथा १३ हजार नेपाली रुपैयाँ समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ०८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र