दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियो | Khabarhub Khabarhub

दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियो


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- रावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय छाड्न नदिन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

गत पुस १ गतेदेखि गाउँपालिकाका २८ वटै विद्यालयमा लागू गरिएको दिवाखाजा कार्यक्रमका लागि पुस र माघ महिनाको रकमसमेत वितरण शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए । ‘गाउँपालिकामा १६ प्रावि, पाँच आधारभूत र सात माविमा एक हजार ६१४ विद्यार्थी अध्ययनरत छन्’, उनले भने, ‘प्रतिविद्यार्थी रु १० का दरले उनीहरुको अभिभावकलाई विद्यालयमा बोलाएर दिवाखाजावापतको भत्ता रकम प्रदान गर्ने गरिएको छ ।’

छ वडा रहेको रावाबेँसी गाउँपालिकाको सबै विद्यालयका छात्रछात्राका अभिभावकलाई आगामी फागुन १९ गतेसम्म पुस र माघको दिवाखाजावापतको भत्ता रकम वितरण गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । प्रत्येक अभिभावकले आफ्ना बालबच्चालाई रोटी, गेडागुडी, खाना, चाम्रे, सातु, सागसब्जीका परिकार तथा फलफूललगायत खाजाका रूपमा पठाउने र सोवापत गाउँपालिकाले खर्च दिने विद्यालयमा आधारित दिवाखाजा सञ्चालन कार्यविधिमा उल्लेख गरिएको छ ।

गत मङ्सिर १९ गते दिवाखाजा सञ्चालन कार्यविधि पारित गरेको गाउँपालिकाले विद्यार्थीलाई बिस्कुट, चाउचाउ, भुजिया, दालमोटजस्ता जङ्कफुड (पत्रु खाना) जन्य खाजाका रूपमा खुवाउन र पठाउन बन्देज लगाएको छ ।

विद्यार्थीका आमालाई भेला गरेर खाजाको सूची तयार पारेको र सोहीअनुसार खाजा तयार पारेर पठाउन भनिएको छ ।

विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएपछि विद्यार्थी नियमित भएको र कक्षा छाड्ने प्रवृत्तिमा कमी आएको गाउँपालिका उपप्रमुख समला राईले जानकारी दिए।

दैनिक रु १० का दरले दिवाखाजावापतको भत्ता दिँदा गाउँपालिकाबाट विनियोजित रकमले करिब ६५ दिन मात्र पुग्ने देखिएको शिक्षा शाखा संयोजक तीर्थराज दाहालले बताए ।

शिक्षा शाखा संयोजक दाहालका अनुसार अन्य दिनका लागि उक्त कार्यक्रमलाई निरन्तरता दिन पुनःविचार गर्नुपर्ने अवस्था देखिएको छ । दिवाखाजा कार्यक्रमको निरन्तरता दिन वित्तीय समानीकरणअन्तर्गतको बजेटका लागि राष्ट्रिय योजना आयोगसमक्ष माग गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम शुरु गरिएपछि प्रदेश सरकारले विद्यार्थीलाई खाजा ल्याउने भाँडा उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ०० बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर