दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियो « Khabarhub

दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियो


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- रावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय छाड्न नदिन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

गत पुस १ गतेदेखि गाउँपालिकाका २८ वटै विद्यालयमा लागू गरिएको दिवाखाजा कार्यक्रमका लागि पुस र माघ महिनाको रकमसमेत वितरण शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए । ‘गाउँपालिकामा १६ प्रावि, पाँच आधारभूत र सात माविमा एक हजार ६१४ विद्यार्थी अध्ययनरत छन्’, उनले भने, ‘प्रतिविद्यार्थी रु १० का दरले उनीहरुको अभिभावकलाई विद्यालयमा बोलाएर दिवाखाजावापतको भत्ता रकम प्रदान गर्ने गरिएको छ ।’

छ वडा रहेको रावाबेँसी गाउँपालिकाको सबै विद्यालयका छात्रछात्राका अभिभावकलाई आगामी फागुन १९ गतेसम्म पुस र माघको दिवाखाजावापतको भत्ता रकम वितरण गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । प्रत्येक अभिभावकले आफ्ना बालबच्चालाई रोटी, गेडागुडी, खाना, चाम्रे, सातु, सागसब्जीका परिकार तथा फलफूललगायत खाजाका रूपमा पठाउने र सोवापत गाउँपालिकाले खर्च दिने विद्यालयमा आधारित दिवाखाजा सञ्चालन कार्यविधिमा उल्लेख गरिएको छ ।

गत मङ्सिर १९ गते दिवाखाजा सञ्चालन कार्यविधि पारित गरेको गाउँपालिकाले विद्यार्थीलाई बिस्कुट, चाउचाउ, भुजिया, दालमोटजस्ता जङ्कफुड (पत्रु खाना) जन्य खाजाका रूपमा खुवाउन र पठाउन बन्देज लगाएको छ ।

विद्यार्थीका आमालाई भेला गरेर खाजाको सूची तयार पारेको र सोहीअनुसार खाजा तयार पारेर पठाउन भनिएको छ ।

विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएपछि विद्यार्थी नियमित भएको र कक्षा छाड्ने प्रवृत्तिमा कमी आएको गाउँपालिका उपप्रमुख समला राईले जानकारी दिए।

दैनिक रु १० का दरले दिवाखाजावापतको भत्ता दिँदा गाउँपालिकाबाट विनियोजित रकमले करिब ६५ दिन मात्र पुग्ने देखिएको शिक्षा शाखा संयोजक तीर्थराज दाहालले बताए ।

शिक्षा शाखा संयोजक दाहालका अनुसार अन्य दिनका लागि उक्त कार्यक्रमलाई निरन्तरता दिन पुनःविचार गर्नुपर्ने अवस्था देखिएको छ । दिवाखाजा कार्यक्रमको निरन्तरता दिन वित्तीय समानीकरणअन्तर्गतको बजेटका लागि राष्ट्रिय योजना आयोगसमक्ष माग गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम शुरु गरिएपछि प्रदेश सरकारले विद्यार्थीलाई खाजा ल्याउने भाँडा उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ०० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन