पोखराको पीएन क्याम्पसमा प्रहरी र नेवि संघका कार्यकर्ताबीच झडप « Khabarhub

पोखराको पीएन क्याम्पसमा प्रहरी र नेवि संघका कार्यकर्ताबीच झडप


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेता पक्राउको विरोधमा पोखराको पृथ्वी नारायण (पीएन) क्याम्पस तनावग्रस्त बनेको छ ।

आफ्ना नेता राजेश हमाल (रेशम)लाई पक्राउ गरेको विरोधमा नेवि संघले मंगलबारदेखि क्याम्पस प्रशासनमा ताला लगाएको थियो । प्रहरीले क्याम्पस प्रशासनमा लगाएको ताला खुलाउन खोजेपछि अहिले झडपको स्थिति सिर्जना भएको छ ।

गत माघ ८ गते अनेरास्ववियू र नेवि संघका नेताबीच क्याम्पसमा झडप भएको थियो । झडपमा अनेरास्ववियूका केही नेता–कार्यकर्ताहरु घाइते भएका थिए ।

घाइतेहरुले नेवि संघ नेता हमालसहितविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले हमालाई पक्राउ गरेको थियो ।

नेवि संघले भने हमालको पक्राउविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेको छ । नेवि संघको पीएन क्याम्पस इकाई समितिले क्याम्पस गेटमा चक्काजाम, विरोध प्रदर्शन, सडक अवरुद्ध गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : ४६ बजे

मन्दिरका मूर्ति र धातु चोरी गरी बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौँ- मन्दिरबाट मूर्तिसहितका धातु चोरी र बिक्रीमा संलग्न तीन जनालाई

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की

काठमाडौँ- सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार

बागमती प्रदेशमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी : मानवअधिकार आयोग

काठमाडौँ- बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनको

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा

काठमाडौँ- कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले

विकासप्रेमी नेता आलेलाई तनहुँले गुमायो : वरिष्ठ नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर