लामो समयपछि नियमित काममा फर्किइन् रोशनी शाही « Khabarhub

लामो समयपछि नियमित काममा फर्किइन् रोशनी शाही


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् ।

संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् ।

गत असोज १३ गते पूर्व सभामुख महरासँग ‘पारिवारिक सम्बन्ध’ रहेको बताउने शाहीमाथि महराले जबरजस्ती करणी प्रयास गरेको विषय सार्वजनिक भएको थियो ।

पछि पीडित भनिएकी रोशनीकै उजुरीका आधारमा प्रहरीले महराविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरेको थियो । सोही प्रकरणमा करिब ३० दिन प्रहरी हिरासत र १ सय ३ दिन पुर्पक्षका लागि थुनामा बसेका महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको थियो ।

महरा निर्दोष ठहर भएसँगै प्रतिनिधिसभाको सदस्यका रुपमा उनीमाथि लागेको निलम्बन पनि फुकुवा भइसकेको छ । यद्यपि महरा भने संसद बैठकमा उपस्थित भएका छैनन् ।

महरा हाल आफ्नो निर्वाचन क्षेत्र दाङको भ्रमणमा छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १ : ०५ बजे

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि