जानिराखौं किन आउँछ हाई « Khabarhub

जानिराखौं किन आउँछ हाई


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्यतयाः आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् ।

तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ। विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ।

यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले मानिसलाई लज्जास्पद गराउँछ ।

यी हुन् हाई आउनुका कारण –

हार्ई फिजियोलोजिकल मेकानिजम हो । हार्ई आएको अवस्थामा त्यसलाई रोक्नु भने हुँदैन। मज्जाले नै गर्नुपर्छ ।

हार्ई हाम्रो मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया भएको पनि विभिन्न अनुसन्धानले देखाएका छन् । हार्ई गर्दा मस्तिष्कको तापक्रम घटाउने मात्र होइन, अनुहारका मांसपेशी पनि तन्काइदिन्छ ।

अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित एक अनुसन्धानले भने हाई काढ्दा शरीरमा कमी भएको अक्सिजनलाई पनि पूर्ति गर्छ।

हार्ईले मस्तिष्कलाई ऊर्जावान् पनि बनाउँछ । मस्तिष्कमा थकान बढी भएमा हार्ई काढ्ने समस्या सिर्जना हुन्छ ।

थकाइका कारण पनि हाई आउने हुन्छ । मान्छे सुत्यो तर गहिरो निद्रामा परेन भने पनि हाई दोहोरिरहन्छ ।

शरीरमा ग्लुकोजको मात्रा कमी वा बढी भएको अवस्थामा हाई आउने गर्छ। विशेषगरी ग्लुकोजको मात्रा बढी भएमा हाई आउने गर्छ।

किनभने, ग्लुकोजको मात्रा बढी भएमा आन्द्रा र पेटवरिपरि बढी रक्तसञ्चार हुन्छ । तर, मस्तिष्कमा भने कम हुन्छ। त्यसैले हार्ई आउने समस्या हुन्छ ।

अपचको समस्या भएमा पनि बढी मात्रामा हाई आउने गर्छ । मानिस थाकेको वा मन नपरेको ठाउँमा बस्दा, कुरा सुनिरहँदा हाई आउने गर्छ ।

यसलाई टेक्निकल भाषामा हाइपोथेनिया पनि भनिन्छ । शरीरमा मस्तिष्क शिथिल भएको अवस्थामा बढी हाई आउँछ। चनाखो भएको अवस्थामा भने यसरी हार्ई दोहोरिँदैन।

शरीरमा पानीको कमी हुँदा पनि हाई आउने समस्या हुन्छ । बढी हाई आउने समस्या भएमा शरीरलाई आराम नपुगेको भनी बुझ्नुपर्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १ : ०६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र