संसदमा कांग्रेसको प्रश्न– प्रधानमन्त्री ज्यू, यो भन्दा लाजमर्दो के हुन्छ ? | Khabarhub Khabarhub

संसदमा कांग्रेसको प्रश्न– प्रधानमन्त्री ज्यू, यो भन्दा लाजमर्दो के हुन्छ ?


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार लाजमर्दा तरिकाल भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ समय माग गरेर बोलेका नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सरकारमा रहेका व्यक्तिबाट भएका भ्रष्टाचारजन्य गतिविधिले प्रधानमन्त्रीको सर्वाङ्ग (सम्पूर्ण शीरर) नै गन्हाउने अवस्था सिर्जना भएको बताए ।

सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) स्थापनाको लागि ठेकेदार कम्पनीका प्रतिनिधिसँग निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन (घुस) मागेको प्रसंग उठाउँदै रिजालले भने, ‘७० करोड घुस दिन्छु भन्नेले त्योभन्दा बढी घुस दिनेलाई चाहिँ यो ठेक्का दिने अवस्था अयो, मेरो ७० करोडभन्दा अझ अर्बौं रुपैयाँ घुस खान थाल्यो यो सरकारले भन्दै हिँड्न थालेका छन् । योभन्दा लाजमर्दो अवस्था अरु के हुन्छ ? प्रधानमन्त्रीज्यु भ्रष्टाचार गर्दिन्, गर्न पनि दिन्न भन्नुहुन्थ्यो । योभन्दा लाजमर्दो के हुन्छ ?’

कांग्रेस सांसद रिजालले प्रधानमन्त्री ओलीले जन्म दिन मनाउँदा गरेको ‘तामझाम’प्रति पनि व्यंग्य गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १ : ४१ बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदी अरबको भ्रमणमा 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा